नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभि नारायण काफ्ले छन् ।

उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *