काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
आइतबार शितल निवासमा सपथ ग्रहण गरेपछि उनले मन्त्रालय आएर कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेसँगै मन्त्री गुप्ताले खेलुकुद मन्त्रालय अन्तर्गत सबै निकायहरूको बैठक प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।
