पार्टीलाई थप सुदृढ बनाउन खोज्दा सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रको भाष्य निर्माण गर्न खोजियोः तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको मुद्दा उठाउँदा आफूलाई सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत कार्कीले पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने आफ्नो प्रयासलाई अन्यथा नलिन आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला ।’

यस्तो छ कार्कीको भनाई

कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो ।

पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला । मेरा अनुरोध स्पष्ट छन्।

१) विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूर्ण र सक्रिय सहभागिताको लागि अनुरोध गर्दछु ।

२) बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्वीकार्ने/अस्वीकार गर्ने/ तोकिएका संशोधनसहित स्वीकार्न पाउने गरी भोटिङ राईट दिइनुपर्छ।

३) जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन । हामी उदार हुनुपर्छ। केन्द्रीय सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ । अब यही कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *