काठमाडौं । त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । शुक्रबार बेलुकी भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ३-० गोलले पराजित भएको हो ।
यसअघि भएको आफ्नो पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २-० गोलले हराएको थियो ।
नेपालले अब दोस्रो खेल कार्तिक १३ गते भारतसँग खेल्नेछ
