रूकुम पश्चिमको बाफिकोटमा जिप दुर्घटना, सात जनाको मृत्यु

रुकुम पश्चिम । रूकुम पश्चिमको बाफिकोटमा जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । शुक्रबार साँझ खलंगाबाट स्यालाखाँदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झन्डै सात सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट– २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरि पुनले जानकारी दिएका छन् । मृतक एक जना महिलाको भने सनाखत भएको छैन ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *