पार्टी एकताबारे विप्लवको पाँच बुँदे धारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट पार्टीहरू बीचको एकता झनै आवश्यक भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत विप्लवले एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित नभई यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित रहेको उल्लेख गरेका हुन् ।

उनले यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेको तर टुंगो लागिनसकेको बताएका छन् । एकताबारे उनले पाँच बुँदे धारणा सार्वजनिक गरेका छन् ।

यस्ता छन् पाँच बुँदे धारणा

१. कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ ।

२. एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।

३. यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४. कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ ।

५. देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *