भारत । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन् । आगलागीबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ ।
दुर्घटनाको समयमा बसमा ४२ जना यात्रु सवार थिए । मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । किनकी केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ । मोटरसाइकल बससँग ठोक्किएर, त्यसको मुनि गएर तेलक ट्याङ्कीमा ठोक्किएर आगो लागेको बताइएको छ ।
