च्याम्पियन्स लिगमा म्याड्रिड, बायर्न, चेल्सी र  लिभरपुल विजयी

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा शीर्ष क्लबहरु विजयी भएका छन् । बुधबार राति भएको खेलमा म्याड्रिडले युभेन्टसलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घामले निर्णायक गोल गरे  । खेलको ५७ औँ मिनेटमा भिनिसियस जुनियरले प्रहार गरेको बल पोलमा लागेर फर्किदा रिबाउन्डमा बेल्लिन्घामले गोल गरेका हुन् ।

अर्को खेलमा बायर्न म्युनिखले क्लब ब्रुगलाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेनार्ट कार्ल, ह्यारी केन, लुइस डियाज र निकोलस ज्याक्सनले समान एक/एक गोल गरे ।

गएरातिनै भएको अर्को खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको आयाक्समाथि ५-१ गोलको सहज जित निकालेको हो । चेल्सीलाई जित दिलाउन मार्क गुइ, मोइसेस काइसेडो, इन्जो फर्नान्डेज र इस्टेभाओले समान एक/एक गोल गरे । आयाक्सको लागि वोउट वेगहोर्स्टले एक गोल फर्काए ।

अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्कफुर्टलाई ५-१ गोलले हराएको हो । लिभरपुललाई जित दिलाउन हुगो एकिटिके, भ्र्जिल भान डाइक, इब्राहिम कोनाटे, कोडी गाक्पो र डोमिनिक स्जोबोस्जलाईले समान एक/एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *