युवाहरूको रगत माथि सत्ता कु गरेर सुशीला कार्की प्रधानमन्त्री पदमा आसिन भएको भन्दै पक्राउ गर्न जेनजीको माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा निवेदन परेको छ । आफूलाई जेनजी बताउने रविकिरण हमालले प्रधानमन्त्री कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गर्दै प्रहरी महानिरीक्षककोमा निवेदन दिएका हुन् ।

कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि कु गरेर प्रधानमन्त्री पदमा आसीन भएको उनले लगाएका छन् ।

निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्री कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि सत्ता कु गरेर प्रधानमन्त्री पदमा आसीन भएको अवस्था छ। उहाँको यो कदमले कानूनी परम्परा र जनताको म्यानडेटको स्पष्ट उल्लङ्घन गरेको छ। यसरी अवैधानिक तरिकाले सत्ता कब्जा गर्नु देशको गरिमा, गोपनीयता र राष्ट्रिय मर्यादाविपरीत भएको र यसले गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गरेको देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *