लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखापरेका जटिलता समाधान गर्न सकिँदैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक  पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।

बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गरी प्रचण्डले राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा आफूहरु रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ। लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ। लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखापरेका जटिलता हल गर्न सकिँदैन।’

उनले सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ’यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *