काठमाडौं । नेकपा एमालेले अहिलेको सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा एमालेले सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गरेको हो ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गराउने विषयमा आशंका व्यक्त गरेका हुन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले महासचिव पोखरेलले चुनावको विरोध नगरेको तर चुनाव हुनेमा आशंका व्यक्त गरेको जानकारी दिए ।
मन्त्री खरेलका अनुसार निर्वाचनमै केन्द्रित भएर दलका नेताहरूले धारणा राखेका र निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । अन्तरिम सरकार गठन भएको झण्डै डेढ महिनापछि सरकार र राजनीतिक दलहरुबीच पहिलो पटक छलफल भएको हो ।