मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली टोलीलाई बिदाई

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेल खेल्न भारत जाने नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाइ गरेका हुन् । नेपालले शिलोङमा कार्तिक ७ गते इरान र १० गते भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै १३ कात्तिकमा भारतसँग पुनः एक खेल खेल्नेछ । उक्त खेल फिफाको क्यालेन्डर भन्दा बाहिर हुने भएकाले अन्तराष्ट्रिय मान्यता पाउनेछैन ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

यसपटक नेपाली टोलीमा केहि नयाँ अनुहारपनि समेटिएको छ । उमेर समूह र घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै आएका पुर्णिमा लिम्बू र मिना देउवा पहिलो पटक नेपाली टोलीमा अटाएका छन् । अनुभवी डिफेन्डर अमृता जैशी र फरवार्ड अनिता केसी भने टोलीबाट बाहिरिएका छन् ।

यस्तै हिरा कुमारी भुजेल र दीपा शाहीले टोलीमा पुनरागमन गर्दा चोटका कारण मैदान बाहिर रहेकी गीता रानाको स्थानमा सजनी थोकर टोलीमा परेकी छिन् ।

नेपाली टोली:- अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला विक, दीपा शाही, हिरा कुमारी भुजेल, मन माया दमाई, मिना देउबा, निशा थोकर, प्रिती राई, प्रतीक्षा चौधरी, पुजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविता राना मगर, सावित्रा भण्डारी, सजनी थोकर, समिक्षा घिमिरे, सरवस्ती हमाल, सरु लिम्बू, उषा नाथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *