काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।
छलफलमा प्रधानमन्त्री, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् ।
दलहरुकातर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव, प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, नागरिक उन्मुक्तिबाट रेशम चौधरी सहभागी छन् ।
त्यस्तै पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा सहभागी छन् ।