काठमाडौं । त्रिवि क्रिकेट मैदान लक्ष्मी पूजाको साँझ झकिझकाऊ देखिएको छ । त्रिवि क्रिकेट मैदानमा चारवटा हाई मास्ट पोलबाट बत्ती बालिएपछि यो क्षेत्र मनमोहक देखिएको हो ।
यो मैदानमा करिब १२ हजार दर्शक अट्ने गरी प्याराफिट निर्माण भइरहेको छ । अहिले रात्रिकालीन खेलका लागि पनि ४ वटा हाई मास्ट पोल जडान गरिसकिएको छ ।