लक्ष्मीपूजाको साँझ १६ सय ५० मेगावाट विद्युतको आन्तरिक माग, एक हजार १५ मेगावाट निर्यात

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको जनाएको छ । प्राधिकरणकाअनुसार सोमबार साँझ ६ः५० बजे विद्युतको उच्चमाग आन्तरिक १६५० मेगावाट र निर्यात१०१५ मेगावाट भएको छ । जुन अन्य दिनको तुलनामा उच्च हो ।

प्राधिकरणकरणले भनेको छ, ‘लक्ष्मी पूजाको साँझ ६ः५० बजे विद्युतको उच्चमाग आन्तरिक–१६५० मेगावाट, निर्यात–१०१५ मेगावाट, कुल–२६६५ मेगावाट ।’

गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणले जनाएको छ । कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा २०७३ सालको लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *