के अब माओवादीले फौजदारी अभियोगको सामना त गर्न पर्दैन ?

-ऋषि कट्टेल ।

जेनजीको नाममा भएको सरकार परिवर्तनले केवल सरकार मात्र परिवर्तन गरेको छैन, २०६३ को आन्दोलनले बनाएको सत्ता समीकरण नै भत्काएको छ । ६३ को आन्दोलनको संवाहक सात दल र माओवादी हुन् । उनीहरुले १२ बुँदे र बृहत शान्ति सम्झौतामार्फत माओवादी युद्ध र राजाको निरकुंशतन्त्रको अन्त्य गरेका हुन् । यो आन्दोलनको मुख्य ४ वटा कार्यभर थिए । १) संविधानसभावाट नयाँ संविधान निर्माण २) गणतन्त्रको स्थापना ३) माओवादी सेनाको व्यस्थापन, र ४) वेपत्ता खोजविन र मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाको पूर्णता ।

यि मध्ये तीनवटा कार्यभार पुरा भए । चौथो कार्यभार सिंगै बाँकी छ । अर्थात् शान्ति सम्झौताको कार्य भार पुरा भएको छैन । अहिले पनि गोरखाका अधिकारीको लाश जलेको छैन । हस्पिटलमा थन्केको छ । अग्नी सापकोटा मात्र हैन स्वयं दहालाईनै ज्यानमारेको मुद्दा अदालतमा छ । वेपत्ता परिवार निरन्तर संघर्षमा छ । यस्तोबेला शान्ति सम्झौताका स्टेक होल्डरहरु सत्ताबाट बाहिरिएका छन् ।

नयाँ बनेको सरकारले शान्ति प्रक्रियाको स्वामित्व लिन्छ कि लिदैन ? यो सरकारको गृहमन्त्री ५,००० हजार मारेको कुरा स्वीकारेकोले दाहाललाई जेल हाल्नु पर्छ भन्दै हिँडेका व्यक्ति हुन् । सारतः यो सरकार बाह्र बुँदे सहमतिविरुद्ध बक्दै हिँडेकाहरुको समर्थनमा बनेको सरकार हो । यतिमात्र हैन काँग्रेस एमालेको सरकार विरुद्ध दाहालको गतिविधले काँग्रेस, एमाले र माओवादी केन्द्रबीचकोअन्तरविरोध शत्रुतापूर्ण बनेको छ ।आफू  सत्तावाट बाहिरिएपछि उनीहरु पनि यसको जिम्मेवारी लिन्छन् की लिदैनन् ? यसरी अहिले केवल सरकार परिवर्तन मात्र भएको छैन सातदल र माओवादीबीच भएको शान्ति सम्झौता समेत भत्किएको छ । के अब माओवादीले फौजदारी अभियोगको सामना त गर्न पर्दैन ? एउटा गम्भीर प्रश्न खडा भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *