हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु

हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा पुगेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इमिरेट्स एयरलाइन्सको टर्किस कार्गो एयरलाइन एयरको स्वामित्वमा रहेको बोइङ ७४७–४८१ विमान, दुबईबाट स्थानीय समय अनुसार सोमबार बिहान करिब ३ः५० बजे हङकङ आइपुगेको थियो ।

विमान उत्तरी रनवेमा अवतरणका क्रममा एक सवारीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ । नागरिक उड्डयन विभागका अनुसार विमानस्थलका दुई जना ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए ।

उनीहरूलाई उद्धार गरिएको भए पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विमानमा रहेका चार जना चालकदलका सदस्य जीवित रहेका र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनापछि प्रभावित रनवे बन्द गरिएको छ भने अन्य दुई रनवे सञ्चालनमा रहेका छन् । दुर्घटनापछि सोमबारका लागि तय गरिएका कम्तीमा ११ वटा उडान रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *