काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे दलहरुसँग छलफल गर्ने भएकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले मंगलबार अपरान्ह दलहरुलाई बालुवाटारमा बोलाएकी हुन् ।
प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई दुई जनाका दरले पठाउन पत्र पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन् । दलहरुले आफूहरुसँग सरकारले निर्वाचनबारे छलफल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुसँग निर्वाचनकाबारेमा छलफल गरिसकेका छन् । राष्ट्रपतिले निर्वाचनमा जान दलहरुलाई आग्रह गर्दै आएका छन् । त्यस्तै राष्ट्रपतिले दलहरुलाई निर्वाचनमा जान दबाब दिन नागरिक अगुवाहरुलाई पनि आग्रह गरेका छन् ।