काठमाडौं । विप्लव नेतृत्वको नेकपाले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार जेनजीको माग अनुरूप नभएको बताएको छ ।
हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका हुन् ।
उनले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको पनि बताए । उनले राजनीतिक दलहरू पनि आफ्नो समर्थनमा यो सरकार बनाएको भनेर समर्थन गर्न कुनै पनि तयार नभएको बताए। मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत आए भन्ने कुरा उठेको बताए । नेकपाले नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ ।
भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन नोटबन्दी गर्नुपर्ने बताएको छ । बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ ।