पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. संगीता कौशल मिश्रसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो ।

उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो। करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । ठेकदारसहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

मिश्रलाई वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बनाउने तयारी थियो । तर उनीविरुद्ध अख्तियारमा उजुरी परेको थाहा पाएपछि अन्तिम समयमा आएर नियुक्ति रोकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *