अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।

वार्ताका लागि रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्तिमार्फत जनाएका छन् ।

स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *