ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता, अमेरिकाले दिएन युक्रेनलाई टमहक मिसाइल

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई माग गरिएको टमहक क्रुज मिसाइल आपूर्ति गर्न तत्परता नदेखाएपछि राष्ट्रपति भ्लादिमिर जलेन्स्की ह्वाइट हाउसको भेटबाट खाली हात फर्किएका देखिन्छन् ।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न द्विपक्षीय भेटपछि जलेन्स्कीले लामो दूरीका मिसाइलबारे छलफल भएको बताए । तर उनले भने, ‘अमेरिका चाहँदैन कि स्थिति झन् बढोस्, त्यसैले यस विषयमा सार्वजनिकरुपमा केही नभन्ने निर्णय गरेका छौं।’

भेटपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत कीभ र मस्कोलाई ‘जहाँ छन् त्यहीँ रोकिन’ र युद्ध अन्त्य गर्न आग्रह गरे।

ट्रम्प–जलेन्स्की भेट ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमार्फत कुरा गरी छिट्टै हंगेरीमा भेट्ने सहमति गरेको भोलिपल्ट भएको हो ।

जलेन्स्कीले टमहक मिसाइल प्रयोग गरेर रुसका तेल तथा ऊर्जा प्रतिष्ठानमा आक्रमण गर्न सके पुटिनको युद्ध–अर्थतन्त्र कमजोर पार्न सकिने विश्वास व्यक्त गरेका छन् ।

तर ट्रम्पले सो सम्भावनालाई नकारे पनि उनको भनाइ स्पष्ट थिएन। ‘आशा छ, तिनीहरूलाई त्यसको आवश्यकता पर्ने छैन। आशा छ, हामी टमहकबारे सोच्नै नपरी युद्ध अन्त्य गर्न सक्छौं’” ट्रम्पले भने।

उनले अमेरिकालाई ती हतियार आवश्यक रहेको बताउँदै थपे, ‘मिसाइल पठाउने कुरा एक प्रकारको तनाववृद्धि हो, तर यसबारे छलफल भइरहेको छ। त्यो मिसाइलको खतरा राम्रो हो, तर त्यसको खतरा सधैं रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *