महामन्त्री थापाको प्रस्तावः मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन् । महामन्त्री थापाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी प्रस्ताव गरेका हुन् ।

उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् । पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।

यस्तै दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । दुवै विकल्पबारे उनले स्पष्ट कार्ययोजना प्रस्ताव गर्दै उल्लेखित मितिमा महाधिवेशन गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *