नेपालको फिफा वरीयता चार स्थान खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको फिफा वरीयता खस्किएको छ । विश्व फूटबलको सर्वोच्च निकाय(फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको चार स्थान खस्किएको हो ।

यसअघि १ सय ७६ औँ स्थानमा रहेको नेपाल चार स्थान तल झर्दै १ सय ८० औँ स्थानमा पुगेको छ । पछिल्लो ९ वर्षमा यो नेपालको सबैभन्दा खराब वरीयता हो । यसअघि सन् २०१६ मा नेपाल १ सय ८१ औँ स्थानमा रहेको थियो । गत ९ अक्टोबर र १४ अक्टोबरमा भियतनामविरुद्ध भएको दुवै खेलमा पराजित भएपछि नेपालको वरीयता खस्किएको हो ।

दक्षिण एसियामा भारत १ सय ३६ औँ, माल्दिभ्स १ सय ७३ औँ, बंगलादेश १ सय ८३ औँ, भुरान १ सय ८९ औँ,  श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९८ औँ स्थानमा रहेका छन् ।

यस्तै शीर्ष १० मा क्रमशः स्पेन, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्यान्ड्स, ब्राजिल, बेल्जियम, इटाली, इटाली र जर्मनी रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *