काठमाडौं । नेपाली कांग्रेसले अहिलेको सरकारले निर्वाचन गराउने भने पनि त्यसमा गम्भीर नरहेको बताएको छ । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता महतले सरकार निर्वाचन गर्नेतर्फ गम्भीर नभएको बताएका हुन् ।
उनले भने, ‘सरकार निर्वाचन गराउने भन्दै छ तर सरकारको काम हेर्दा निर्वाचन गर्ने तर्फ सरकार गम्भीर भएको देखिँदैन । अहिले चाहिँ सम्पूर्ण शक्ति,उर्जा निर्वाचन गराउने तर्फ लाग्नुपर्छ ।’
त्यस्तै उनले सरकारले राजदूतहरु फिर्ता गरेकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘अहिले फेरि पछिल्लो अवस्थामा राजदूत फिर्ता गरिरहेको छ यो सरकारले । यसरी राजदूत फिर्ताले अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै असर पर्न सक्छ ।’