११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले भने, ‘आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्नेलगायतका विषयका सन्दर्भमा पार्टीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं राष्ट्रिय महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने गरि हामी अगाडि बढ्ने भनेर पार्टी एकमतका साथ अगाडि बढेको छ ।’

केन्द्रीय कमिटी बैठकले जम्मा २२ वटा प्रस्तावहरु पारित गरेको पनि उनको भनाई छ । यस्तै, उनले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने तर्फ नभई मुलुकलाई बहुआयामिक संकटतिर ढकेल्न सक्रिय देखिएको पनि बताए ।

बैठकले भदौ २३ र २४ गते भएको सबै घटना छानबिन गरी सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषीहरुलाई कारबाही गर्नुपर्ने माग पनि राखेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *