काठमाडौं । एएफसी यु-१७ महिला एसियन कप छनोट अन्तर्गत भएको खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा थाइल्याण्डसँग १२-० गोलको फराकिलो हार बेहोर्दै नेपाल छनोटबाट बाहिरिएको हो ।
थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको एकपक्षीय खेलमा थाइल्याण्डले पहिलो हाफमा आठ र दोस्रो हाफमा चार गोल गरेको हो ।
जितसँगै थाइल्याण्ड दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा हुने यु-१७ एसियन कपको लागि छनोट भएको छ भने नेपाल दुई खेलबाट एक अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेर बाहिरिएको छ ।
पहिलो खेलमा नेपालले तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।