मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा आठ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले जानकी गाउँपालिका–९ को वडा कार्यालयले ६ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाएको छ । उनीहरुसँग ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *