कूटनीतिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको ब्रिफिङः सुशासन र निर्वाचन सरकारको प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायका प्रमुखहरूलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेकी छन् ।

शुक्रबार सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले नेपालस्थित कूटनीतिक नियोग र विदेशी राजदूतहरूलाई पछिल्लो राजनीतिक अवस्थाकाबारेमा ब्रिफिङ गरेकी हुन् ।

प्रधानमन्त्रीले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन्। उनले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको भन्दै सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको बताइन् ।

उनले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताइन् ।

उनले भनिन्, ‘ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं ।’ प्रधानमन्त्रीले वर्तमान सरकारले ६ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *