काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत केहिबेरमा सामोआविरुद्ध हुने सुपर सिक्सको अन्तिम खेलमा नेपालले टस हारेको छ । अल अमेरात क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । ओमानविरुद्धको खेलबाट कुशल मल्ल, आदील अलाम र सोमपाल कामीको स्थानमा आरिफ शेख, करण केसी र ललित राजवंशीले मौका पाएका छन् ।
आजको खेलमा सामोआलाई हराएको खण्डमा नेपालले उपाधि जित्नेछ ।
नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), लोकेश बम, दीपेन्द्र सिंह एरी, गुलसन झा, आरिफ शेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी