स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता अभियान’ तिव्रताका साथ अगाडि बढाएको छ । शुक्रबार विश्व हिन्दू युवा संघ स्याङ्जाले अर्जुन चौपारी गाउपालिका वडा नम्बर ४ स्थित श्री जन माविमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई गीता पुस्तक वितरण गरेको छ ।
गीता वितरण कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गीताको बारेमा र अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक आत्मराम चापागाईँ, शिक्षक नारायण काफ्लेलेलगायतले संघले गरेका कार्यको प्रशंसा गरेका थिए । संघले यसअघि विभिन्न कार्यक्रमको माध्यममार्फत गीता वितरण गर्दै आएको छ र यो अभियानमा जोडिनको लागि आग्रह गरेको छ ।