काठमाडौं । नेपाल विद्यार्थी संघले पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पालगायतले प्रहरी प्रमुख चन्द्रकुँवेर खापुङलाई ज्ञापनपत्र बुझाउँदै आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।
भदौ २४ को घटनालाई भड्काउने गरी टिप्पणी गर्ने र भिडलाई उत्तेजित बनाउने काम काठमाडौं महानगरका मेयर बालेन साहले गरेको भन्दै नेविसंघले उनीहरूलाई पनि कानुनी दायरामा ल्याउन माग गरेको छ ।
साथै कारागारहरूबाट कैदीबन्दी भगाएको र कागजात कीर्ते गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने, डिपी अर्याल, मनीष झा, हरि ढकाल लगायतलाई तत्काल अनुसन्धान गरी कारबाही गर्न नेविसंघले माग गरेको छ।