काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
जसअनुसार शुक्रबार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।