कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी रहेको छ । आज बैठक  बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए।

पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिएका थिए ।

खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *