सुर्खेतमा चार रंगकर्मी सम्मानित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाली नाट्य साहित्य समाजको दर्पण भएको बताएका छन् ।

आरङ्ग नेपाल सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित नाट्यग्रन्थको ‘लोकार्पण तथा सम्मान’ कार्यक्रममा उपकुलपति प्रा डा गौतमले नाट्य साहित्यले भाषा, कला, साहित्य र लोक संस्कृति जगेर्ना गर्न ठूलो भूमिका खेलेको उल्लेख गरे ।

उनले भने, ‘नाट्यग्रन्थ’ नाट्य सागर हो । भौतिक वस्तुका रुपमा मात्र यसलाई सीमित नराखेर अबको युगमा डिजिटलाइज हुनुपर्छ ।’

नाट्यग्रन्थका प्रधान सम्पादक प्रा डा रामचन्द्र पोखरेलले नेपाली कला, भाषा, साहित्य र संस्कृतिको उद्गमस्थल कर्णाली नै भएकोले यसको संरक्षण र विकासमा जोड यहीबाट दिनुपर्ने बताए ।

कार्यक्रममा हिराबिजुली नेपाली, माया थापा, यामनारायण आचार्य र उमलाल आचार्यलगायतका रङ्गकर्मीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *