काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीका प्रतिनिधिबीच वार्ता भइरहेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा जेनजीहरूसँग प्रधानमन्त्री, मन्त्रीसहितको वार्ता भइरहेको हो ।
वार्तामा जेनजीकातर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् । यसअघि राष्ट्रपति विरामी भएपछि वार्ता स्थागित भएको थियो ।