काठमाडौं । अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डार्सी शर्टले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् । बिहीबार लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्टलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
३५ वर्षीय बायाँ हाते ब्याट्सम्यान शर्टले अष्ट्रेलियाबाट एक दिवसीय र टी-२० आईपनि खेलिसकेका छन् । उनले १ सय ८० टी-२० खेल खेल्दै ५ हजार ४ सय एक रन बनाएका छन् । त्यसक्रममा उनले दुई सतक र ३९ अर्धसतक बनाएका छन् ।
उनले विश्वको चर्चित फ्रेन्चाइज लिग आईपीएल, बिग बास, मेन्स १०० र भिटालिटी ब्लास्टपनि खेलिसकेका छन् ।