विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

उनीहरुलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको उनले बताए । फिर्ता बोलाइएकामा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् ।

उनीहरु केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *