चीनका राजदूतद्वारा जिरी माध्यमिक विद्यालयको भवन हस्तान्तरण

काठमाडौं । चीनले जिरी माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरेको छ । चीन सरकारको सहयोगमा निर्माण भएका विद्यालय भवन बिहीबार नेपालका लागि चीनका राजदूत छन् सोङले हस्तान्तरण गरेका हुन् ।

विद्यालय औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको राजदूत सोङले बताएका छन् । नेपालका लागि प्रदान गरिएका दश वटा उपहार विद्यालयमध्ये यो एक हो ।

जसले नेपालका नयाँ पुस्ताका विद्यार्थीहरूलाई राम्रो अध्ययनको वातावरण प्रदान गर्ने उनले उल्लेख गरेका छन् । राजदूत सोङले चीन सधैं नेपालसँगै रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *