जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई पद तथा गोपनियताका शपथ गराएकी हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न ६ दलको समर्थनमा सोनाललाई प्रदेश प्रमुख भण्डारीले बुधबार नै मुख्यमन्त्रीको रूपमा नियुक्त गरेको गरेकी थिइन् ।
मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा सपथ लिएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहणपश्चात दुई जना बिनाविभागीय मन्त्रीलाई समेत शपथ गराइएको छ । शपथ लिनेमा जनमत पार्टीबाट मन्त्री बनेका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेल रहेका छन् ।