काठमाडौं । बुद्ध एयरका संचालक वीरेन्द्रबहादुर बस्नेतले दल दर्ता गरेका छन् । बस्नेत अगुवाइमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं तथा महासचिवमा पियुस कायस्थ रहेका छन् ।
बस्नेत भने पार्टीको सदस्यको रुपमा रहेका छन् । पार्टीको ‘स्लोगन’मा ‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ’ राखिएको छ । पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ ।