काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका विषयमा आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
आयोगले छलफलका लागि विघटित प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको छ भने अन्य दल भने निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन् ।