काठमाडौँ। एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले ओमानलाई जितको लागि १५२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जारी खेलमा घरेलु टोली विरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनायो ।
कुशल भुर्तेलको अर्धशतकीय पारी खेल्दै ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।
ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए ।