कर्जाको सावाँ व्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरको छ ।

महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर यस्तो आग्रह गरेको हो ।

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँ व्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले सावाँ व्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।

उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणीहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भैआएकोले राष्ट्र बैक समक्ष यस्तो आग्रह गरिएको बताए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *