जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही पक्राउ

काठमाडौँ । प्रहरीले जेनजीका नाममा कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई बुधबार पक्राउ गरेको हो ।

शाहीको गतिविधिलाई लिएर गुनासो आएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । केही दिनअघि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले धम्क्याएका थिए । शाही वैदेशिक रोजगार ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *