नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल लगातार दोस्रोपटक आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार बेलुकी आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत भएको खेलमा युएईले सामोआलाई हराएसँगै नेपाल दुई खेल अगावै विश्वकपमा छनोट भएको हो ।

युएईले सामोआलाई ७७ रनले हराउँदै सुपर सिक्समा दोस्रो जित दर्ता गरेको हो । युएईको जितसँगै नेपाल र ओमान दुवै टोलीले टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

टी-२० विश्वकप आगामी वर्ष मार्चमा भारत र श्रीलंकामा आयोजना हुँदै छ । नेपाल लागातर दोस्रोपटक र समाग्रमा तेस्रोपटक विश्वकपमा छनोट भएको हो । गत वर्ष नेपालले वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा सहभागिता जनाएको थियो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमापनि प्रतिस्पर्धा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *