जकार्ता। इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्याङ्करमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ ।
पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्याङ्करमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ ।
आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ । बटुआजीका प्रहरी प्रमुख द्वी लाम्बाङले यस अघि जुन महिनामा एउटा जहाजमा आगलागीको घटना हुँदा चार जना कामदारको मृत्यु भएको बताएका छन् ।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।