सर्वोच्चमा संसद विघटनविरुद्धका रिट दर्ता, कात्तिक १२ मा पेसी

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट दर्ता गरेको छ । रिट दर्ताका लागि मंगलबार १० वटा निवेदन परेका थिए । ती निवेदनलाई सर्वोच्चले बुधबार दर्ता गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले धमाधम रिट दर्ता भइरहेका जानकारी दिएक छन् ।

रिटलाई सर्वोच्चले कात्तिक १२ गतेको पेसी तोकेको छ । रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि रिट दर्ताको प्रक्रिया अघि बढाएको थिएन ।

सर्वोच्चको पूर्ण इजलासले मंगलबारदेखि रिट दर्ता गर्न दिने निर्णय गरेसँगै पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरुद्ध १० वटा रिट परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *