दलहरुलाई गृहमन्त्रीको चेतावनीः यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा गलत क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिइने बताएका छन् ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले जेनजीको नाममा अराजकता मच्चाउनेहरुलाई सरकारले नछाड्ने बताएका हुन् ।

उनले यस्ता व्यक्तिलाई प्रहरी प्रशासनले काबुमा राख्ने बताए । उनले भने, ‘जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो कार्यालयमा गएर धम्क्याउने गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकालप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समयक्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ ।’

उनले सुशानका पक्षमा सरकारले काम गर्ने बताए । उनले भने,‘सुशासनका लगि के के गर्नुपर्छ सरकारले गर्छ । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’ क्रान्तिकारीहरुलाई दलहरुले आतंककारी देखेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *