काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बैठक सुरु भएको हो । एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषय समेटिनेछन् ।
अन्तरिम सरकारको गठन र संसद विघटनबारेमा पनि प्रतिवेदनमा समेटिनेछन् । गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्नेछ ।
यसैगरी संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको छ ।